Logo
७ पुस २०८१, आईतबार
(August 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोल्पा जिल्लाकै पहिलो महिला अधिवक्ता बनिन् प्रकृति मल्ल

रोल्पा : रोल्पा नगरपालिका-४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बनेकी छिन् ।

नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बनेकी हुन् ।

अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले चौथो स्थान हासिल गरेका हुन् । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत सार्वजनिक गर्ने गर्दछ । त्यसरी नाम सार्वजनिक गर्ने १० उत्कृष्ट परीक्षार्थीको रुपमा उहाँ चौथो स्थान कायम गर्न सफल भएको हो ।

मल्लले सेन्ट जेबियर्स स्कुलबाट उत्कृष्ट अङ्कसहित विज्ञानमा १० जोड दुई उत्तीर्ण गरेकस् थिईन् । नेपाल ल क्याम्पसबाट बिएएलएलबी उत्तीर्ण गर्दा उनीँ त्रिभुवन विश्व विद्यालयको दोस्रो ‘टपर’का रूपमा रहेकी थिईन् ।

उनले सार्क राष्ट्रका विद्यार्थीमध्ये पहिलो नम्बरमा छनोट भई साउथ एशियन युनिभर्सिटी नयाँ दिल्लीमा छात्रवृत्तिमा एलएलएम अध्ययन गरिरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

“जिल्लामा कानून पढ्नेको सङ्ख्या निकै कम छ । त्यसमा पनि महिलाको सङ्ख्या त झनै कम । अधिवक्ताको रूपमा कानून व्यवसाय गर्नेको सङ्ख्या जिल्लामा एक दर्जन बढी छैन । त्यसरी व्यवसाय गर्ने महिला अधिवक्ता झन शून्य छ”, अधिवक्ता जितविक्रम मल्लले बताए ।

प्रकाशित मिति: Aug 4, 2019

प्रतिक्रिया दिनुहोस्