Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित, सहमतिको प्रयास जारी

काठमाण्डौं : प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा राजनीतिक दलबीच सहमति नभएपछि आजको बैठक पनि स्थगन भएको छ ।

अवरोध हटाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका थिए ।

ठकमा सत्तापक्ष र प्रतिपक्ष सर्लाही घटनाका विषयमा संसदीय समिति गठन गर्ने वा नगर्ने विषयमा आआफ्ना अडानमा रहेपछि सहमति हुन नसकेको हो ।

सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै संसद् बैठक सोमबारसम्मका लागि स्थगन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

“सहमतिका लागि थप छलफल आवश्यक देखिएकाले दलको सहमतिमै सोमबार सम्मका लागि संसद् बैठक स्थगन गरिएको छ”, सर्वदलीय बैठकपछि उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक पुष्पा भुसालले सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समिति बनाउनुपर्छ भनेर आफूहरुले माग राखेको र सबै दलले आन्तरिकरुपमा थप छलफलको आवश्यकता महसुस गरेको बताए ।

प्रकाशित मिति: Aug 1, 2019

प्रतिक्रिया दिनुहोस्