दलितका नाममा पहाडी दलितले मात्र अवसर पाएको आरोप (हेर्नुस् भिडियो)
मधेशी दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष नरेन्द्र पासवानले राज्यको प्रत्येक क्षेत्रमा पहाडी दलितले मात्र अवसर पाएको बताएका छन् । एक अन्तरवर्ताका क्रममा उनले मधेशी दलित दोहोरो मारमा रहेको बताए ।
दलितका नाममा पहाडी दलितहरु अर्थात विश्वकर्मा, परियार लगायतले मात्र अवसर पाएको बताए । मधेशी दलितका लागि छुटै सथान हुनुपर्ने उनको माग रहेको छ ।
‘एक त मधेशीमै स्थान पाइदैन त्यसमा राज्यको मधेशी कोटामा पहाडी मधेशीले मात्र स्थानमा कब्जा जमाउने गरेका छन्’ उनले भने ‘अब मधेशी दलितका नाममा छुट्टै कोटा निर्धारण हुनुपर्दछ ।’
हेर्नुस् भिडियो :