योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई लाई सरकारको मन्त्रीमा नियुक्त गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्रीका रुपमा प्रधानमन्त्रीले जिम्मेवारी दिएको हो । उनले आजै दिउँसो ४ बजे सपथ लिने छन् ।