चार दिनमा खुल्यो कर्णाली राजमार्ग
कालिकोट : शनिबारदेखि पहिरोको कारण अवरुद्ध रहेको कर्णाली राजमार्ग बुधबार दिउँसोबाट सुचारु भएको छ ।
शुभकालिका गाउँपालिका-१ कालेखोलामा पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएर सडक बनाएपछि राजमार्ग खुल्ला भएको हो ।
बुधबार दिउँसोबाट कर्णाली राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
चार दिनदेखि बीचबाटोमा अलपत्र परेका सवारीसाधन अहिले आ-आफ्नो गतव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।