मुक्तिनाथ मन्दिरबाट फर्कने क्रममा मुस्ताङमा एक भारतीय तीर्थयात्रीको मृत्यु
काठमाडौँ : गण्डकी प्रदेश स्थित मुस्ताङ जिल्लामा एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार अचानक ढलेर बेहोस भएको र अस्पताल पुर्याए लगत्तै ज्यान गएको प्रहरीले जनाएको छ ।
मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमार बेहोस भएका थिए ।