लोकसेवा आयोगसंग मतान्तर बढेपछि समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा
काठमाडौं : संवैधानिक आयोग राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् ।
सुवेदीले १२ गतेदेखि लागू हुजे गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । पूर्व अर्थसचिव समेत रहेका सुवेदी ७ चैतमा मात्र आयोगको अध्यक्षको रुपमा नियुक्त भएका थिए ।
सरकारले सहयोग नगरेको र बिभिन्न संवैधानिक निकायहरुकै बीचमा तालमेल नरहेको भन्दै उनले राजीनामा दिएको बुझिएको छ ।पछिल्लो समय भने लोकसेवा आयोगसंग समेत उनको मतान्तर बढ्दै गएको थियो ।