Logo
२ माघ २०८१, बुधबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधुवनीमा आकाशबाट खस्यो करिब १० किलोको ढुंगा, हेर्नेहरूको भीड

काठमाडौं : ‘असामान्य’ लाग्ने आकाशबाट करिब १० किलोको एउटा ढुंगा खसेको सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा स्थानीयबासीले जनाएका छन्। त्यस क्षेत्रमा ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ ।

मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले जनाएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको जनाए । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो ।

खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए । ढुंगा ५ फिट माटोमा भासिएको थियो। घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए ।

अहिले सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्