महान्यायाधिवक्ता खरेलद्वारा अधिवक्ता तुलाधरका २ पुस्तक विमोचन
राजधानीमा अधिवक्ता इन्दु तुलाधरका २ पुस्तक विमोचन भएका छन् ।
हिमाल इन्नोभेटिभ डेभलपमेन्ट रिसर्च प्रालिको आयोजनामा आज अधिवक्ता तुलाधरका पुस्तक ‘वकिल नभएमा’ र ‘लैगिक हिंसा र न्याय : न्यायिक समितिको भूमिका’ नामक पुस्तक विमोचन गरिएको हो । उक्त पुस्तक महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलद्वारा सार्वजनिक गरिएको हो ।