रोपिएको धानखेत बगर बन्यो, अब के खाने ?
इलाम : माना खाएर मूरी उब्जाउने हर्षमा पानीमा रुज्दै रनमाया सुवेदीले गरेको दुख पानीमा नै बगेर गएको छ ।
इलामको चुलाचुली गाउँपालिका-१ स्थित रनमाया सुवेदीको रोपिएको धानखेत कमल खोलाले कटान गरेर बगर बनाएको हो ।
मलिन अनुहार लगाउँदै उनले भनिन्- रोपिएको धानखेत बगर बन्यो, सबै जग्गा खोलाले लग्यो, अब के खाने ? परिवार कसरी पाल्ने ?
मौसम परिवर्तका कारण परेको अविरल वर्षाले मुलुकका विभिन्न स्थानमा भौतिक तथा मानविय क्षति हुन पुगेको छ ।
तस्बिर : गंगा पराजुली