Logo
२ माघ २०८१, बुधबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला हत्या एक वर्ष : न्याय माग्दै नेविसंघ, गृहमन्त्री विरुद्ध लगाए नाराबाजी

काठमाडौँ : गत वर्ष साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मला पन्तलाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ ।

नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी पन्तलाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको हो ।

पन्तको एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए ।

पन्त हत्याको एक वर्ष बित्दासमेत घटनामा संलग्नलाई कारवाही नभएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्