Logo
२ माघ २०८१, बुधबार
(July 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारी बोकेको गाडीमा बम विस्फोट, १२ जनाको मृत्यु

काबुल :  अफगानिस्तानको राजधानी काबुलमा ३ वटा बम बिस्फोट भएको छ । उक्त बिस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ भने १२ भन्दा बढी घाइते भएका छन् ।

पहिलो बम बिस्फोट स्थानीय समयअनुसार बिहीबार बिहान ८ १० बजे सरकारी कर्मचारी बोकेको गाडीमा गराइएको आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका छन् । जसमा ५ जनाको ज्यान गएको थियो भने १० भन्दा बढी घाइते भएका थिए ।

प्रवक्ता रहिमीले भने, पहिलो बम सरकारी कर्मचारी बोकेको मिनिबसमा विस्फोट गराइएको थियो भने त्यसको केही समयमा उक्त विस्फोट भएको नजिकैको क्षेत्रमा दोस्रो आत्मघाती बम विस्फोट गराइएको थियो । त्यसैगरी तेस्रो सैनिक बोकेको कारमा विस्फोट गराइएको थियो ।

उक्त मिनिबसमा खानी तथा पेट्रोलियम मन्त्रालयका कर्मचारीहरु सवार थिए । रहिमीका अनुसार मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

त्यसैगरी दोस्रो आत्मघाती विस्फोटमा कम्तिमा ७ जनाको मृत्यु भएको थयो भने २० जना घाइते भएका थिए । तेस्रो विस्फोटमा भने मानवीय क्षति नभएको मन्त्रालयले बताएको छ ।

तालिवानी समूहका प्रवक्ताले पहिलो विस्फोटको जिम्मा लिएका छन् भने पछिल्ला २ वटा विस्फोटमा आफ्नो समूहको संलग्नता नभएको बताएका छन् ।
(अलजजिरा )

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्