मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ल्याए यस्तो प्रावधान
काठमाडौं : नेपाल राष्ट्र बैंकले अब सुनचाँदी लगायतका बहुमूल्य धातुहरु बैंकमा राख्दा ब्याज पाइने नयाँ प्रावधान लागू गरेको छ । सुनचाँदी बैंकमै राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको हो ।
बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैकले सुनचाँदी राखेर ब्याज पाउने नीतिगत व्यवस्था गर्ने बताएका हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो ।
आगामी आर्थिक वर्षको बजेटमा नेपाली नागरिकहरुले सम्पत्तिका रुपमा आर्जन गरेको सुनचाँदी लगायतका बहुहूल्य धातुहरु बैंकमा राख्ने व्यवस्था मिलाइने बताएका थिए ।