थाइल्याण्डको सैन्य शिविरमा संदिग्ध आतङ्ककारी समूहद्वारा आक्रमण
थाइल्याण्डको दक्षिण क्षेत्रमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिविरमा आक्रमण भएको छ । उक्त आक्रमणमा परी ४ जनाकोे मृत्यु भएको सरकार अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
सुदुर दक्षिणमा पर्ने इलाकामा मलय मुसलमान समूदायको बाहुल्यता रहेको छ । यस इलाकामा १५ वर्षयता जारी द्वन्द्वमा परी ७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । एएफपी समाचार समितिलाई दिइएको जानकारी अनुसार मङ्गलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेका थिए ।
यस शिविर आक्रमणमा सेनाको एक मेजर, दुई सुरक्षा स्वयंसेवी र एक गाउँलेको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । यस आक्रमणमा परी घाइते भएका दुई व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएकोे र ती दुबैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।