Logo
२ माघ २०८१, बुधबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले गरे कर्मचारीको प्रशंसा : कर्मचारीको सहयोगविना सरकारले केही गर्न सक्दैन !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीले सरकारका लागि उल्लेखनिय काम गरिररहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कर्मचारीको सहयोगविना सरकार एक्लैले केही पनि गर्न नसक्ने बताउँदै सो कुरा बताएका हुन् ।

बुधबार बिहान आफ्नै सरकारी निवास बालुवाटार पुगेका निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा उनले राष्ट्र निर्माणको अभियानमा योगदान गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

सोही क्रममा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाउने काम भइरहेको दावी गर्दै त्यस्ता भ्रममा नपर्न र सचेत रहन पनि कर्मचारीहरुलाई आग्रह गरे ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासनले सहयोग गरेको छैन् भन्ने नभएको स्पष्ट पार्दै त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

प्रधानमन्त्री ओलीले कर्मचारीको मागका विषयमा पुनः छलफल गरेर आवश्यक निर्णय लिने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्