यस्तो देश जहाँ ट्राफिक व्यवस्थापन गर्न गरियो सबै सार्वजनिक सवारी निःशुल्क
युरोपेली राष्ट्र ‘लक्जमबर्ग’ जहाँ मात्र ६ लाख जनसङ्ख्या रहेको एक भूपरिवेष्ठित देश हो । यो युरोपको सबैभन्दा सानो र सबैभन्दा उच्च प्रतिव्यक्ति घरेलु उत्पादन गर्ने मुलुक पनि हो ।
सबैभन्दा अचम्म लाग्दो कुरा के छ भने, यहाँ ट्राफिक जामको समस्या पछिल्लो समयभन्दा धैरै न्युन भएकोे हो । यस्तो हुनुमा सरकारको नयाँ पहल रहेको छ । अर्थात् त्यहाँको सरकारले ट्रली, बस, रेललगायतका सबै सार्वजनिक सवारी निःशुल्क बनाउने घोषणा गरेको हो । यस्तो नीति ल्याउने यो पहिलो मुलुक हो ।
सरकारद्वारा २०२० को मार्चदेखि यो सेवा लागु गरिने यातायात मन्त्रालयका प्रवक्ता डेनी फ्रान्कले बताएका छन् । यसरी लक्जम्बर्ग सबै किसिमका सार्वजनिक सवारी निःशुल्क बनाउने पहिलो देश बन्ने भएको छ ।
वास्तवमा त्यहाँ प्रतिहजार व्यक्तिमा ६६२ ले निजी सवारीको प्रयोग गर्ने गरेका छन् । यस्तोमा शहरका मानिसहरुले वर्षमा ३३ घण्टा त ट्राफिक जाममै बिताउने गरेको २०१७ को रिपोर्टले देखाएको छ ।
यसरी लक्जेम्बर्ग जति नै जनसङ्ख्या भएपनि कोपेनहागेन र हेलिस्की, लक्जेम्बर्ग भन्दा धेरै व्यवस्थित छन् । त्यसैले पनि सरकारको यस्तो निर्णयले वातावरणलाई फाइदा पुर्याउनुका साथै देशको ट्राफिकलाई पनि सहज बनाउने अपेक्षा गरेका छन् ।