निर्माणाधीन मन्दिरको छत खस्दा २ को चेपिएर मृत्यु
पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित टारी भन्ने ठाउँमा निर्माणाधीन मन्दिरको छत खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको स्थानीय अर्जुन रिजालले बताएका छन् ।
घटनास्थल पुगेका प्रहरीले स्थानीयको सहयोगमा ती २ व्यत्तिरको शव बाहिर निकाल्ने प्रयतन गरिरहेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो । निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिएको भए पनि राम्रोसँग नअडिएको पाइएको उनको भनाइ छ ।