Logo
१२ मंसिर २०८१, बुधबार
(July 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै बिराटनगर-इटहरी सडक खण्ड ठप्प, दुहवी तनावग्रस्त

दुहवी : बिराटनगरको नोबेल अस्पतालमा पिडित पक्ष सँग भएको ३ घण्टा लामो वार्ता निष्कर्स्विहिन भए पछी अहिले कोशी राज मार्ग अन्तर्गत दुहबी-इटहरी सडक खण्ड ठप्प पारेका छन ।

एसियन थाइफुड रमपम उद्योगका प्रोडक्सन इञ्चार्ज दुहबी ६ निबासी अनिल कुमार साह लाई नोबेल अस्पतालका डाक्टरले लापरबाही ढंग बाट घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै सोमवार विहान आफन्त तथा दुहबीका स्थानीयहरुले सो सडक खण्ड ठप्प गरि नाराबाजी र प्रदर्शन गरि रहेका छन ।

ठाउँ-ठाँउमा टायर बालेर, मुढा तेर्साइ कोशी राज मार्ग अन्तर्गत दुहबी इटहरी सडक खण्ड चक्काजाम गरिएको छ । नोवेल अस्पताल मुर्दावाद, मान्छे मार्न पाइदैन, अनिल साहको हत्यारालाइ कारवाही गर भन्दै दुहवीवासीहरु व्यानर सहित प्रदर्शनमा उत्रेका छन ।

नोबेल अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा. धिरज सिंहको टिमले साहको अप्रेसन गरेको थियो । मृतकका भाई प्रदिप साहले भने घरबाट मोटरसाइकल चलाएर आएको मान्छे, डक्टरले मृतक घोषणा ग¥यो ।

खुटाको उपचार गर्दा मान्छे कसरी मृत्यु भयो ? भन्दै उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेको छ । घुडाको अप्रेसन गर्दा यसैगरि नोबेल अस्पतालका डाक्टरले ज्यान मारेको भन्दै एसियन थाइफुड रमपम उद्योगका मजदुरहरुले दुहबी-इटहरी सडक खण्डमा धर्ना प्रदर्शन गरि रहेका छन । रमपम उद्योगका प्रोडक्सन इञ्चार्ज दुहबी ६ निबासी अनिल कुमार साह लाई नोबेल अस्पतालका डाक्टरले लापरबाही ढंग बाट घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै उद्योगका मजदुरहरुले सडक मा बसि धर्ना प्रदर्शन जारी राखेका छन । उनीहरुले उपचारमा लापारबाही गर्ने चिकित्सकलाई कडा कारवाहीको माग राखेका छन ।

प्रकाशित मिति: Jul 22, 2019

प्रतिक्रिया दिनुहोस्