Logo
२ माघ २०८१, बुधबार
(July 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पीडितको उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको देउबाको आरोप

सुनसरी :  प्रेस युनियन इटहरी नगरसमितिले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसक्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको बताएका छन् । शनिबार बिहान भएको उक्त सम्मेलनमा देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेको आरोप लगाएका छन् ।

तराईका डुबान तथा बाढीले प्रभावित जिल्लाको निरीक्षणमा निस्किएका उनले बाढी पीडितको उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको समेत जिकिर गरे । तराईका डुबानग्रस्त क्षेत्र अवलोकनका क्रममा पीडितहरुको विचल्ली भएको पाएको बताउँदै देउवाले राहतका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता गरे ।

उनले पीडितहरुको राहत र पुनर्स्थापनामा प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने घोषणा गरे । देउवाका अनुसार कांग्रेस संसदीय दलको निर्णयअनुसार संघीय सांसदहरुले ५ दिनको र प्रदेश सांसदहरुले १० दिनको तलब दिने निर्णय गरेका छन् ।

शुक्रबार सिरहा र सप्तरीका बाढी पीडितहरुको अवस्था बुझ्न त्यहाँ पुगेका देउवाले शनिबार बिहान सुनसरीका बाढी तथा डुबानग्रस्त क्षेत्र अवलोकन गरेका थिए ।

प्रकाशित मिति: Jul 20, 2019

प्रतिक्रिया दिनुहोस्