Logo
२ माघ २०८१, बुधबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा शक्तिशाली बम विस्फोट : १ जनाको मृत्यु, घाइतेको अवस्था गम्भीर

काठमाडौं :  सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा शक्तिशाली बम विस्फोट भएको छ । उक्त विस्फोटनमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

बझाङका जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंह नामक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो । विस्फोटमा अन्य घाइतेको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुर्याइएका घाइतेको शरीर जलेको छ ।

त्यस्तै, प्रहरीका अनुसार घटनास्थलमा पेस्तोलसमेत फेला परेकोे र उक्त घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ ।

प्रत्यक्षदर्शीले बताएअनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्