बलिउड अभिनेता अक्षय कुमारले बाढीपीडितलाई गरे २ करोड भारू सहयोग
मुम्बई : बलिउड अभिनेता अक्षय कुमारले बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका छन् ।
बाढी बाट भारतको बिहार र आसाम राज्य सबैभन्दा धेरै असर पुगेका राज्यहरु हुन् । यस्ता विपत्तहरुमा समयसमयमा सहयोग गर्दै आएका बलिउड अभिनेता अक्षय कुमारले भारतको आसम राज्यका बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका हुन् ।
उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई दान गरेका हुन् । ट्वीटरबाट उनले यसको जानकारी दिएका छन् ।
अक्षय कुमार अभिनित मिशन मंगलु रिलिजका क्रममा रहेको छ । सिनेमा अगस्ट १५ मा रिलिज हुँदैछ ।