झापामा विषालु सर्पको टोकाइबाट ७ वर्षीया बालिकाको मृत्यु
भद्रपुर (झापा) : कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ ।
सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका-६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुताको मृत्यु भएको हो ।
राति २ बजे बालिकालाई सर्पले टोकेको थाहा पाएपछि तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
उक्त बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।