Logo
२१ कार्तिक २०८१, बुधबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा विद्युत् चुहिँदा एकको मृत्यु, एक घाइते

सांकेतिक तस्बिर

झापाको कमल गाँउपालिकामा विद्युत् चुहिएर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गए राति भएको घटनामा कमल गाँउपालिका-३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते बताइएका छन् ।

दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताएका छन् । गए राति साँझ ८ बजेतिर कमल गाउँपालिका-५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेशन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँदा दुवै घाइते भएका थिए ।

घाइते भएलगत्तै खतिवडालाई दमकस्थित लाइफलाइन अस्पतालमा लगिएको तर अभाग्यवश् अस्पताल पुग्नासाथ मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए । घाइते बुढालाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको छ ।

घटनाको विस्तृत विवरण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्