Logo
२१ कार्तिक २०८१, बुधबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुगुमा एक्कासी हावा हुरीसँगै पर्यो चट्यांग, ८५ भेडा-बाख्रा मरे

मुगु : जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका-९ चिमाथ गाउँको माथि पाटन लेखमा चट्याङ लागेर ८५ वटा भेडा र बाख्रा मरेका छन् ।

बिहीबार अपरान्ह ४ बजे पाटनमा भेडा ,बाख्रा चराउँदै गरेको अवस्थामा एक्कासी हावा हुरीसँगै पानी परेको र त्यसलगतै चट्याङ परेर ८५ वटा भेडा र बाख्रा मरेका हुन् ।

चट्याङ लागेर १० जना स्थानीय किसानका ८५ वटा भेडा र बाख्राका मरेका सोही गाउँका स्थानीय अक्कलबहादुर बुढाले जानकारी दिए । चिमाथ गाउँबाट ५ घण्टाको पैदल यात्रापछि पुगिने बिसे दह पाटनमा स्थानीयले एक महिना अगाडि भेडा र बाख्रा सारेका थिए ।

उक्त घटनामा करिब १० लाख मूल्य बराबर क्षति भएको अनुमान गरिएको आनन्द आधरभूत विद्यालय चिमाथका प्रधानध्यापक बिर्खबहादुर बढुवालले बताए ।

घटनास्थलतर्फ प्रहरी चौकी पुलुबाट खटिएको प्रहरीको टोली पुगि सकेर क्षति विवरण संकलन सुरु गरेको जनाइएको छ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्