Logo
२१ कार्तिक २०८१, बुधबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत जाँदा छोरा, फर्किदा इच्छाविपरीत बनिन् छोरी

भारतमा उच्च शिक्षा हासिल गर्न र कामकाजका लागि माल परिवारले ६ वर्षअघि छोरालाई विदाई गरेको थियो । तर जसै छोरा फर्किए, त्यसै नै परिवारको होसहवास उडेको छ । गाउँले पूरै स्तब्ध छन् ।

घटना के हो भने कृष्णपुर नगरपालीका-१, दोमिल्लाका सुरेन्द्र माल (नाम फेरीएको छ- प्रियंका) भारत पस्दा १८ वर्षका थिए । त्यहीँ २ वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको रहेको छ ।

सुरेन्द्रका अनुसार तेस्रोलिंगीहरुको समुहले लिंग काटिदिएको बताए । मेरठमा बस्ने इलियास नामका व्यत्तिले उनको यो अवस्था बनाएको बताए ।

त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो । त्यतिमात्र हैन उनलाई रेलवे स्टेसन र बसपार्कमा माग्न पनि लगाइयो । र त्यसबाट भएको आमदानी जम्मै इलियासले खाने गरेको बताए ।
मागेर ४०/५० हजार हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो, न्याय माग्दै मंगलवार जिल्लाप्रहरी कार्यलय पुगेको सुरेन्द्रले भने, मलाई माग्ने बनाउनकै लागी लिंग काटेर फाल्न लगाइयो ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्