Logo
२१ कार्तिक २०८१, बुधबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा एक दर्जन डाकाको समुहले मच्चायो लुटपात

जनकपुर : बुधबार महोत्तरीको बर्दिवास नगरपालिकास्थित प्रेमनगरमा गएराती डकैती हुँदा एक जना डाका पक्राउ परेका छन् ।

राती करिब एक दर्जनको समूहमा रहेका डाकाले बर्दिवास वडा नम्बर ६ र ७ बाट सुनचादी र नगद रुपैयाँसहित करिब १५ लाख बराबरको धनमाल डकैती गरी जाने क्रममा एक जना डाका पक्राउ परेका हुन् ।

बर्दिबास नगरपालिकाको ७ बस्ने रामसुनर महतो र वडा नम्बर ६ बस्ने चन्देश्वर महतोको घरमा डकैती भएको थियो । डाकाहरुमध्ये एक जनालाई तत्कालै स्थानीयले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

सर्लाहीको चन्द्रपुर नगरपालिका घर भएका ४० वर्षीय देवनरायण कापड पक्राउ परेको र स्थानीयको कुटाइबाट उनी गम्भीर घाइते भएको डीएसपी बुढाथोकीले बताए ।

डाका कापडको साथबाट एक थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले बरामद गरेको पेस्तोलसहित डाकालाई प्रहरीको जिम्मा लगाइएको छ । घाइते डाकाको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा भइरहेको बताइएको छ ।

डाकाहरु भाग्ने क्रममा नजिकै रहेको बडहडी खोलामा गाउँलेहरुसँग दोहरो भिडन्त समेत भएको थियो । सोही क्रममा डाकाहरुले कुटपिट गरी धरधनीलाई समेत घाईते बनाएका छन् । पीडित परिवारका ५ जना घाइते भएका छन् ।

डाकाहरुको प्रतिकार गर्ने क्रममा घाईते भएकामध्ये घरमुली चन्देश्वर महतो र उनकी श्रीमती जेयवती देवी र छोरा वर्ष २७ का उमेश महतोको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ भने अन्य २ घाइतेहरुको बर्दिबासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्