फितलो सजायको परिणाम : ९ महिने शिशुको बलात्कार
लाहान : पछिल्लो समय बलात्कारको घटनाले आक्रामक रुप लिइरहेको छ । यस्तैमा आज ९ महिने शिशुको बलात्कारको खबर सामाजिक सञ्जालमा फैलिएको छ ।
सो शिशुलाई १४ वर्षीय बालकले बलात्कार गरेको स्थानीरवासीले आरोप लगााएका छन् । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो ।
बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पु¥याउन गएको बेला उक्त घटना घटेको बालिकाकी आमाको भनाइ रहेको छ । त्यसपश्चात् बालिकाकी आमाको उजुरीमा प्रहरीले आरोपी बालकलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ । शिशुको यौनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।