Logo
२१ कार्तिक २०८१, बुधबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘इन्स्पेक्टरमा जागिर लगाइदिन्छु’ भन्दै पैसा खाने पूर्वएमाले सांसदलाई सर्वोच्चद्वारा ६ महिना कैद सदर

काठमाडौँ : तात्कालिन एमाले सांसद डोलबहादुर (डिबी) कार्कीलाई ६ महिना कैद र एक लाख जरिवाना गर्ने विशेष अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।

२०६६ सालमा सांसद रहेका कार्कीले प्रहरी इन्स्पेक्टरमा जागिर लगाइदिन्छु भन्दै राजकुमार चौधरीबाट एक लाख नगद लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगे हात पक्राउ गरेको थियो ।

पक्राउपछि अख्यितारले विशेष अदालतमा काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०६७ चैत ६ गते कार्कीलाई ६ महिना कैद र एक लाख जरिवान गर्ने फैसला गरेको थियो ।

मुद्दा दायर भएको सात वर्षपछि सर्वोच्चले मंगलबार विशेष अदालतले गरेको फैसला सदर गरेको हो । सात वर्षको अवधिमा ४४ औपटकको पेशीमा मंगलबार न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले विशेषको फैसला सदर गरेको हो ।

विशेषले घुस लिन संलग्न भएको ठहर गर्दै चार महिना र सांसद जस्तो जिम्मेवार पदमा रहेर भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै थप दुई महिना कैद गर्ने फैसला गरेको थियो । विशेष अदालतको फैसलाविरुद्ध कार्कीले २०६८ जेठ २४ गते सर्वोच्च अदालत मुद्दा दायर गरेका थिए ।

कार्कीका तर्फबाट वकिलहरु जयनारायण पौडेल, धनन्जय खनाल, भबिश्वर गूरुङ, लब मैनाली, अच्युत राज बुढाथोकी, वोर्ण बहादुर कार्की, सुभास आचार्य, भिमार्जुन आचार्य, रमन कुमार श्रेष्ठ, गज बहादुर ऐरी र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्