बृहत बृक्षारोपण वर्ष मनाउने तयारी पूरा : कोटेश्वरदेखि कलंकीसम्मको सडक किनारामा बृक्षारोपण गरिने
काठमाडौं : वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ शनिबार (भोलि) वृक्षारोपण गरिने भएको छ ।
आगामी आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षारोपण वर्ष बनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण हुन लागेको हो ।
९ क्लष्टरमा वृक्षरोपण
वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न नौ स्थानमा क्लस्टर निर्धारण गरेको छ ।
जसमा कोटेश्वरदेखि बालुकुमारीसम्म, बालुकुमारीदेखि ग्वार्कोसम्म, ग्वार्कोदेखि बी एण्ड बी अस्पताल अगाडिसम्म, बी एण्ड बी अस्पतालदेखि सातदोबाटोसम्म, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म, महालक्ष्मीस्थानदेखि एकान्तकुनासम्म, एकान्तकुनादेखि बागडोलसम्म, बागडोलदेखि बल्खुसम्म र बल्खुदेखि कलंकीसम्म नौ वटा केन्दू तोकिएका छन् ।
कुन-कुन प्रजातिका वरुवा रोपिन्छन् ?
वृक्षारोपणका अवसरमा शनिबार चक्रपथको कोटेश्वरदेखि कलंकीसम्म ३ हजार बढी बिरुवा रोपिनेछन् ।
जसमा हालसम्म पत्ता लागेकोमध्ये संसारकै सबैभन्दा पूरानो प्रजाति मानिएको चिनियाँ गिन्कोसहित असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावलेजस्ता बिरुवा छन् ।