Logo
२१ कार्तिक २०८१, बुधबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पको झट्का अस्ट्रेलियासम्म महसुस

सिएनएन :  इन्डोनेसियाको तानिम्बार टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । विश्वमै धेरै भूकम्प जाने ‘रिङ्ग अफ फायर’ क्षेत्रमा उक्त भूकम्प गएको हो । सोमबार गएकोे भूकम्पको झट्का उत्तरी अस्ट्रेलियासम्म महसुस भएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनमा २०८ किलोमिटर तल रहेको थियो । त्यहाँबाट ७२० किलोमिटर टाढा रहेको अस्ट्रेलियाको डार्विनका वासिन्दाहरुले समेत भूकम्पको कम्पन महसुस गरेका थिए । भूकम्पपछि सुनामीको खतरा नरहेको बताएको छ ।

सोमबार मात्र पपुपा टापु रहेको क्षेत्रमा ९ वटा भूकम्पका झट्का महसुस गरिएको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार विश्वका ९० प्रतिशत भूकम्प यो क्षेत्रमा जाने गर्छ ।

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्