अब ८४ पुगेका नागरिकलाई घरमै नियमित जाँच गरिने
बुटवल : प्रदेश ५ ले ८४ वर्ष पुगेका नागरिकलाई विशेष व्यवस्था गरेको छ ।
आगामी बर्षको बजेटले ती नागरिकको स्वास्थय जाँच घरमै पुगेर गर्ने व्यवस्था मिलाउने गरेको मन्त्री शंकर पोखरेलले उल्लेख गरे ।
साथै प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक ग्रामका लागि एक करोड रुपैयाँ छुट्याइएको छ । प्रदेश ५ ले स्वास्थ्य क्षेत्रको विकासका लागि ८४ करोड बजेट छुट्याएको छ ।