Logo
२१ कार्तिक २०८१, बुधबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाजिरी जमानीमा रिहा भए प्रनेश गौतम

काठमाडौं :  चलचित्र समिक्षाको विषयलाई लिएर पक्राउ परेका युट्यूबर प्रनेश गौतम बिहीबार साँझ हाजिरी जमानीमा रिहा भएका छन् । रिहा भएका गौतमले शुक्रबार प्रहरीमा तारेख बुझाएका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाद्वारा गौतम रिहा भएको जानकारी दिइयो । एसएसपी थापाले प्रहरीको सम्पर्कमा रहने गरी बिहीबार राति ८ बजे रिहा गरिएको बताए ।

समीक्षमार्फत आफ्नो मानहानी गरेको भन्दै चलचित्रका निर्देशक मिलन चाम्सले गौतमविरुद्ध उजुरी हालेका थिए । जसपश्चात् प्रहरीले गौतमलाई पक्राउ गरेको थियो ।

महाशाखाले गौतमलाई पक्राउ गरी विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाएको थियो । फ्यान्सहरुले फिल्म समीक्षा गर्दैमा गौतमलाई पक्राउ गरिएको भन्दै प्रहरीविरुद्ध प्रदर्शन समेत गरेका थिए ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्