Logo
२० कार्तिक २०८१, मंगलबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हृदयाघातका कारण पूर्वशिक्षामन्त्री पौडेलको निधन

काठमाडौँ :  नेपालका पूर्वशिक्षामन्त्री धनीराम पौडेलको आज बिहान हृदयाघातका कारण निधन भएको छ ।

उनको निधन बिहान ७ बजे माडी नगरपालिका-५ रमाइलोडाँडास्थित आफ्नै निवासमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यम बहादुर परियारले बताए । हृदयाघातपश्चात् उनलाई माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् ।

उनी संविधानसभाको सदस्य हुनुका साथै तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्थ्यो । त्यतिमात्र नभएर उनी एक लेखक एंव पूर्वपत्रकार पनि हुनुहुन्थ्यो । उनकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उनका दुई छोरी पनि छन् ।

पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको छ । उनको शव बघौडा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्