Logo
२० कार्तिक २०८१, मंगलबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्र्याक्टर दुर्घटनामा ९ वर्षीय बालकको मृत्यु, १४ जना घाइते

सांकेतिक तस्बिर

धम्बोझी :  बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया-८ का ९ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो ।

गुलरिया-९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । घाइतेमध्ये गुलरिया-८ कै १५ वर्षीया नीलम लोध र ९ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगञ्ज सिफारिश गरिएको छ । नीलम र सुमनकुमारीको अवस्था चिन्ताजनक भएकाले नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक मदन सिंहले बताए ।

वर्षेनी जेठ महीनामा लाग्ने लक्कडबाबा मेला हेर्न बर्दियाका ८ वटै स्थानीय तहको प्रत्येक बस्तीबाट धेरै सङ्ख्यामा नेपाली तीर्थालु जाने गर्छन् ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्