Logo
२० कार्तिक २०८१, मंगलबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीको मोस्ट वान्टेड सूचीका गुण्डा नाइके भण्डारी पक्राउ

काठमाडौं : विभिन्‍न आपराधिक घटनामा जोडिएर प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके राधे भण्डारी धादिङको मलेखुबाट पक्राउ परेका छन् ।

भण्डारीलाई धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । धादिङकै ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाएर धम्क्याएको सूचना पाएपछि पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको बताइएको छ । उनलाई हतियारसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ ।

भण्डारी नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको जिल्ला उपाध्यक्ष पनि हुन् । राधेले धादिङमा लगाइने ठेक्का पट्टा, अवैध बालुवा खानीसहिको कमिसन धम्काएर लिने गरेका थिए । राधेले दुई वर्षअघि धादिङबेंसीको शान्तबजार चोकमा प्रहरीबाट मारिएका दिनेश अधिकारी ९चरी० समूहका आयुप तामाङको हात काटिदिएका थिए ।

२०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई हत्या गर्ने नियतका साथ गोली हानेका राधे त्यसपछि चर्चामा आएका थिए। यस घटना लगत्तै पक्राउ परेका उनलाई कांग्रेस नेताहरुको दबाबपछि एक लाख ५० हजार धरौटीमा रिहा गरिएको थियो ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्