Logo
२० कार्तिक २०८१, मंगलबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायत भ्रमणमा रहेका ट्रम्पले भने-‘अमेरिकामा सबैभन्दा सफा र स्वच्छ जलवायु’

अमेरिकी राष्ट्रपति यतिबेला डोनाल्ड ट्रम्प बेलायत भ्रमणको क्रममा रहेका छन् । भ्रमणको अन्तिम दिन उनले जलवायु परिवर्तनलाई लिएर ठुलो अभिव्यक्ति दिएका छन् ।

उनले जलवायु परिवर्तनको सबै आरोपहरु भारत , चीन र रुसमाथि थोपारेका छन् । उनले दाबीका साथ अमेरिकामा सबैभन्दा सफा र स्वच्छ जलवायु भएको बताएका छन् । एक अन्तरवार्ताको क्रममा उनले जलवायु परिवर्तनको सबै दोष भारत , चीन र रुसलाई जाने आरोप लगाउदै भने यी देशहरुमा न त हावा स्वच्छ छ न त पानी ।

यी कुनैले पनि वातावरणप्रतिको आफनो जिम्मेवारी पुरा गरेका छैनन् । उनले प्रिन्स चार्ल्ससंग भेटघाट गर्दा उनी जलवायु परिवर्तनलाई लिएर निकै चिन्तित रहेको र अधिकांश समय चार्ल्सले यसैमा कुरा गरेको ट्रम्पले बताए ।

उनले अगाडी भने “भारत , चीन ,रुससहित अन्य देशहरुमा न त स्वच्छ पानी छ, न स्वच्छ हावा छ । त्यहाँको प्रदुषणलाई लिएर पनि केही बुझन सकिन्न । यदि यीनका केही शहरहरुमा जानु भयो भने तपाईले साँस पनि फेर्न सक्नु हुन्न । उनीहरुले आफनो जिम्मेवारी नै पुरा गरेका छैनन्” ।

३ दिने बेलायत भ्रमणमा निस्किएका ट्रम्पको यो भ्रमण पनि बिवादरहित बन्न सकेन । उनले मेगन मार्कललाई दुष्ट भनेको भन्दै बिरोध पनि भयो भने उनको बेलायत भ्रमणको क्रममा नै गर्भपतनसंग सम्बन्धित कानुन र जलवायु परिवर्तनको समयमा लिएर ट्रम्पको बिरोधमा नाराबाजी समेत भएको थियो ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्