Logo
२३ भाद्र २०८१, आईतबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाउन शिर्ष नेताहरु आज पनि असफल

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार पनि जिल्ला तहका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउन असफल भएको छ।

नाम टुंगो लगाउन नेकपाको सचिवालय बैठक बिहीबार विहान ९ बजेट फेरि बालुवाटारमा बस्‍ने छ। भोलिको बैठकमा नाम टुंगो लाग्ने उनको विश्वास छ।

मध्यान्ह १२ बजेदेखि करिव २ घण्टा चलेको सचिवालय बैठकले सकेसम्म मन्त्री र सासदलाई जिल्लाको जिम्मेवारी नदिनेमा सहमति जनाए पनि नाम टुंगो लगाउन असफल भएको हो।

बुधबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यवस्ताले बैठक लम्बिन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्