लेवनानमा एक बन्दुकधारीले गरे ४ सुरक्षा अधिकारीको हत्या
त्रिपोली : लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी ४ सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
यस आक्रमणमा परी २ सैनिक र २ आन्तरिक सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सैनिक स्रोतले आफ्ना २ सदस्य मारिएको पुष्टि गरेको थियो ।
बन्दुकधारीले के कारणले सो आक्रमण गरेको सो भन्ने तत्काल प्रष्ट भएको छैन । तर हाल मात्र कारागारबाट मुक्त भएका एक लडाकूले सो आक्रमण गरेको हुनसक्ने सुरक्षा अधिकारहीहरुको दाबी छ ।
मुसलमान समुदायको वर्त अर्थात रम्जानको यस महिनामा इद अल फित्रको पहिलो दिनको तयारी भइरहेको अवस्थामा आक्रमण भएको थियो । सिरियाको छिमेकमा रहेको यस देशमा केही वर्षयता सुरक्षाको अवस्था कमजोर रहेको पाइन्छ । (एएफपी)