Logo
२० कार्तिक २०८१, मंगलबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसुवातर्फ आउँदै गरेको टाटासुमो त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु, ५ गम्भीर घाइते

मैलुङ :  स्याँफ्रुबेँशी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नं को टाटासुमो मैलुङ-स्याँफ्रुबँशी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा दुर्घटना भई करिब १ सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

३ जना अझै वेपत्ता छन् भने ५ गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका-४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । २ जनाको घटनास्थलमा तथा १ जनाको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

टाटासुमोमा सवार सवै उत्तरी रसुवाको गोल्जुङका बासिन्दा हुन् । गम्भीर घाइतेमा चालक आमाछोदिङ्मो गाउँपालिका-४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, ५ वर्षीया फुर्वु याङजेन तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ रहेका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको त्रिशुली अस्पतालले जनाएको छ ।

आमाछोदिङ्मो-४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले वेपत्ता रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले अहिले वेपत्ताको खोजी गरिरहेको छ ।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्