Logo
२३ भाद्र २०८१, आईतबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेलले किच्दा एउटै परिवारका २ सदस्यको मृत्यु

झापा :  रेलले किच्दा दुई नेपालीको मृत्यु भएको छ । झापाको काँकडभिटाका एउटै परिवारका दुई जनाको भारतमा रेलले किचेर मृत्यु भएको हो ।

शनिबार दिउँसो भारतको बाघपुल नजिक उनीहरुलाई रेलले किचेको हो । आफन्त भेट्न टिष्टा पुगेका झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठको रेलले किच्दा मृत्यु भएको हो। घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन् ।

उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा राखिएको मृतक इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए। खेमराजका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित ४ जना बुधबार काँकरभिट्टा घरबाट निस्केका थिए ।

शनिबार बिहान खाना खाएर रेलको लिक नजिकैको रुखको फेदमा शीतल खोज्दै गएका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको थियो। इन्द्रलाई रेलले किचेपछि जोगाउन गएकी आमाको पछिपछि गएका रोहनलाई समेत रेलले किचेको हो।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्