भारतीय अर्थमन्त्रीमा निर्मला सीतारमण नियुक्त
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संघको ५८ मन्त्री नियुक्त गरेका छन् । संघीय अर्थमन्त्रीका रुपमा निर्मला सीतारमण नियुक्त भएकी छिन् ।
मोदीका विश्वास पात्र तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीले उक्त जिम्मेवारी नदोहोराउने आग्रह गरेपछि सीतारमणलाई अर्थमन्त्रीको रुपमा मोदीले नियुक्ति गरेका हुन् । सीतारमण यस अघि रक्षामन्त्री र भाजपाको प्रवक्ता समेत थिइन् ।
रक्षामन्त्री हुनु अघि उनी भारतको बाणिज्य तथा उद्योग तथा बित्त तथा कर्पोरेट मामिलामन्त्री समेत रहेकी थिइन । तमिलनाडुकी निर्मला सीतारमणले बीबीसी विश्व सेवामा समेत काम गरेकी थिइन् ।