पाँचथर हत्याकाण्डबारे गृहमन्त्रीले राष्ट्रिय सभामा सम्बोधन गर्ने
काठमाडौं : पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा सोमबार राति भएको नौजनाको हत्याकाण्डबारे गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।
गृहमन्त्री थापाले मिक्लाजुङ गाउँपालिकाको घटनालगायत अन्य सार्वजनिक महत्वका विषयमा बुधबार बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका हुन् ।
उक्त घटनामा २ परिवारको गरि ९ जनाको हत्या भएको थियो भने १३ बर्षीया सीता खजुमले भागेर आफ्नो ज्यान बचाएकी थिईन् ।