Logo
१५ माघ २०८१, मंगलबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘वर्तमान सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक छ’ : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको बताएका छन् ।

धादिङमा पार्टीका भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरुसँगको भेटमा नेता पौडेलले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा देखाउने दाँत मात्र भएको टिप्पणी गरे ।

“भष्ट्राचार, कुशासन, अनियमितता, अराजकता, बेथितिले सीमा नाघ्दा समेत प्रतिक्रियाविहिन रहेको सरकारबाट समृद्धिको कुनै आशा गर्न सकिन्न” पौडेलले भने ।

“प्रेस माथिको नियन्त्रण, सुरक्षा परिषद्को निर्णय विना सेना परिचालनको अधिकार, महत्वपूर्ण सरकारी कार्यालयहरुलाई आफ्नै अधिनमा राख्ने जस्ता प्रधानमन्त्रीका कदमले निरंकुशताको सकेंत दिएको छ” पौडेलले बताए ।

नेपाली कांग्रेसले मात्र मुलुकलाई समृद्ध बनाउन सक्ने भएकाले जनजागरण अभियानलाई एउटा अवसरको रुपमा लिई पार्टी सुदृढिकरणमा लाग्ने उनले निर्देशन दिए ।

सरकारका सबै खाले गलत क्रियाकलापको भण्डारफोर गर्ने बेला आइसकेको भन्दै उनले संगठित भएर अघि बढ्न सुझाव दिए ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्