नेपाल-भियतनामको संयुक्त पत्रकार सम्मेलन : द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउने सम्झौता
- नागरिक टाइम्स/संवाददाता
२८ बैशाख २०७६, शनिबार ००:००
भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा शनिबार नेपाली प्रतिनिधिमण्डल र भियतनामी प्रतिनिधिमण्डल छलफल भएको छ । उक्त छलफलपछि दुवै पक्षले संयूक्त रुपमा पत्रकार सम्मेलनको समेत आयोजना गरेको हो ।
भियतनामको हनोइमा शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र भियतनामको उद्योग मन्त्रालयका उपमन्त्री डाङ आओङ् आन व्यापार तथा लगानीसम्बन्धी सम्झौताको आशय पत्र आदान प्रदान समेत गरिएको छ ।