प्रधानमन्त्रीको बोलीले संसदमा हंगामा, कांग्रेसको अवरोध
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् ।