फोरम र नयाँ शक्तिको ९ बुँदे सहमतिपत्रमा जव भयो हस्ताक्षर (हेर्नुस् फोटोफिचर)
काठमाडौं : डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएको छ।
काठमाडौंको प्रज्ञाभवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।
यादव नेतृत्वको फोरम अहिले सरकारमा पनि सहभागी छ । फोरम र नयाँ शक्ति एकता वार्ता यादव सरकारमा गएपछि अड्किएको थियो ।
नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो । यादवले संविधान संशोधनसहितका माग पूरा गर्न सरकारमा गएको बताउँदै आएका छन् ।
अब पार्टी एकीकरण भएपछि सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई आफैं एकमात्र सांसद छन् । यसअघि स्थानीय तहको निर्वाचनका बेला पनि फोरम र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो ।
तर, नेतृत्वमा सहमति नहुँदा दुई पार्टीबीचको एकता प्रक्रिया रोकिएको थियो ।
हेर्नुस् फोटो फिचर :