Logo
१२ माघ २०८१, शनिबार
(May 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति केन्द्रित प्रधानमन्त्रीको जवाफ : अन्तराष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको हो !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भएकोसरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास गरेको ठहर्ने बताएका छन् ।

सरकारीनिवास बालुवाटारमा शनिबार बिहान विभिन्न संचारमाध्यमका सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा स्पष्ट पार्दै अन्तर्राष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित हुने भन्दै अन्तराष्ट्रिय अभ्या अनुसारस नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरे । उनले प्रश्न गरे, कसको सरकार भन्ने त राष्ट्रपतिले? कि निबन्ध पढ्ने? यो सरकारको नीति कार्यक्रम भन्दाखेरी अनि के फलानाको सरकार भनेर राष्ट्रपतिले भन्ने? राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियत भएर मात्रै पार्लियामेण्टमा आउँछन् ।

प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासको विरोध गर्नु भनेको आफैँले स्थापना गरेको प्रणालीको गरिमालाई नबुझेको र उपहास गरेको ठहरिने दाबी गरे । उनले भने, मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्यौ भनेको यात हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौँ या आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो ?

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनी सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको छ। यसले पुरानै राज्यप्रणालीको झल्को दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा विरोध गरेको छ।

प्रकाशित मिति: May 4, 2019

प्रतिक्रिया दिनुहोस्