आपतकालीन विमान अवतरणका लागि धावनमार्गको रुपमा राजमार्गको विकास गरिने
काठमाडौं : विमानको आपतकालीन अवतरणका लागि राजमार्गहरुलाई धावनमार्गका रुपमा विकास गर्ने भएको छ ।
सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । राजमार्गहरुलाई आपतकालीन धावनमार्गका रुपमा विकास गर्ने योजना नेपालमा पहिलो पटक आएको हो ।
सन् २०१९भित्रै लुम्बिनिको निर्माणाधीन विमानस्थल सञ्चालनमा ल्याउने घोषणा पनि गरिएको छ ।
यस्तै, पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २४ घण्टा नै सञ्चालनमा ल्याउने योजना सरकारको छ ।