Logo
१६ कार्तिक २०८१, शुक्रबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेन्टागनले चीनमाथि लगायो अमेरिकामाथि जासूसी गरिरहेको गम्भीर आरोप

बीबीसी :  चीनले आफ्नो सैन्य फौजको आधुनिकरणलाई विशेष जोड दिइरहेको छ । प्रमुख विश्व शक्ति बन्ने लक्ष्यका साथ अघि बढिरहेको चीनले यसको लक्ष्य पूरा गर्न उच्चस्तरको प्रविधि हासिल गर्नको लागि अमेरिकामाथि जासूसी गरिरहेको पेन्टागनको एक रिपोर्टले जनाएको छ ।

चीनले विदेशी सेनाको उच्चस्तरीय प्रविधि हासिल गर्नको लागि विभिन्न विधि प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ । यस विधिमा प्रयोजित प्रत्यक्ष विदेशी लगानी, साइबर चोरी र यी प्रविधिसम्मको चिनियाँ नागरिकको पहुँचलाई दुरुपयोग गरेको पेन्टागनको आरोप लगाएको छ । त्यस्तै चीनले उसका गुप्चतर सेवा, कम्प्युटर ह्याकिङ र अन्य गैरकानुनी विधिमार्फत पनि प्रयोग गरिरहेको बतायो ।

“चीनले आयात, प्रत्यक्ष विदेशी लगानी, विदेशमा अनुसन्धान केन्द्रको निर्माण, संयुक्त लगानी, अनुसन्धान र प्राज्ञिक सहकार्य, प्रतिभा भर्तीका साथसाथै औद्योगिक र साइबर जासुसीमार्फत विदेशी प्रविधि हासिल गरिरहेको छ,” रिपोर्टमा सबै विधिको सूची दिइएको छ ।

जोइन्ट चिफ अफ स्टाफ्सका अध्यक्ष जनरल जोसेफ डुनफोर्डले हालसालै अमेरिकी काँग्रेसमा बोल्ने क्रममा चीनमा व्यवसाय गर्ने अमेरिकी कम्पनीले पनि अप्रत्यक्ष रुपमा चिनियाँ सेनालाई सघाइरहेको बताएका थिए । रिपोर्टमा यसको उदाहरणको लागि गूगल दिइएको छ ।

रिपोर्टका अनुसार चीनले यी विधिमार्फत अमेरिकाको संवेदनशील, द्वेधप्रयोग हुने वा सैन्य-स्तरको उपकरण हासिल गरिरहेको बताएका छन् । अमेरिकाले चीनले उड्डयन र पनडुब्बी हातहतियार प्रविधि समेत हासिल गरेको आरोप लगाएको छ ।

चीनले आफ्ना नागरिक र चिनियाँ मुलका विदेशी नागरिकलाई पनि आफ्नो उदेश्य पुरा गर्न प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ । “चीनले मुख्य रुपमा विदेशमा रहेका चिनियाँ नागरिक वा अन्य देशका नागरिक चिनियाँ नश्ललाई प्रयोग गरिहेको छ । त्यसका लागि उसले सफ्ट-पावर वा कहिले-काहीँ डरधम्की वा ब्ल्याकमेलको प्रयोग गर्छ,” रिपोर्टमा उल्लेख छ । (सीएनएन)

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्