Logo
११ माघ २०८१, शुक्रबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीबीच एकताबारे बूढानीलकण्ठमा बाबुराम र उपेन्द्रबीच ‘वान टु वान’ वार्ता

काठमाडौं : पार्टीबीच एकीकरणलाई अन्तिम रुप दिने उद्देश्यका साथ अाज बिहीबार संघीय समाजवादी फोरम नेपालका  नेता उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका नेता डा.बाबुराम भट्टराईबीच ‘वान टु वान’ वार्ता भएको छ ।

यी दुईजना अध्यक्ष बीच विहान पहिलो एक चरणको ‘वान टु वान’ वार्ता सकिएको छ भने दोस्रो चरणको छलफल पनि आजै बुढानीलकण्ठको एक घरमा चलिरहेको नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ । विहान भएको छलफलबाट दुवैजना अध्यक्षले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको बताइएको छ । यस्तै दोस्रो चरणको छलफलबाट दस्ताबेजलाई अन्तिम रुप दिइने छ ।

ती दस्तावेजलाई शुक्रवार बस्ने नयाँ शक्ति पार्टीको सचिवालय बैठक र शनिवार बस्ने फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ । दुवै दलबाट एकीकृत पार्टीको राजनीतिक दस्तावेज अनुमोदन भएपछि एकता घोषणाको मिति तय हुने बताइएको छ । पार्टीको अध्यक्ष डा।बाबुराम भट्टराई हुनेछन् भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव हुने सहमति भएको फोरम नेपाल पार्टीका एक नेताले बताए । अशोक राईलाई वरिष्ठ नेता राख्ने सहमति पनि भएको छ ।

यी तीन जनाको नाम राखेर मात्र पार्टी एकीकरणको घोषणा हुनेछ । त्यसपछि अन्य पदाधिकारीको विषयमा सहमति गर्ने स्रोतले जनाएको छ । महासचिवमा उपेन्द्र यादवको तर्फबाट रामसहाय यादव रहने, बाबुराम भट्टराईको तर्फबाट गंगा श्रेष्ठ र अशोक राईको तर्फबाट राजेन्द्र श्रेष्ठ महासचिव रहने मोटामोटा सहमति भएको बताइएको छ ।

प्रदेश १, २ र ५ मा फोरम नेपालका तर्फबाट जो अध्यक्ष छन् उनीहरु नै रहने, ३ नम्बर प्रदेशमा अशोक राईको तर्फबाट र ६ र ७ नम्बर प्रदेशमा डा।बाबुराम भट्टराईका तर्फबाट अध्यक्ष रहने मोटामोटी सहमति भएको स्रोतले जनाएको छ । प्रदेश १, २ र ५ मा मनोनित हुने सदस्य तथा पदाधिकारीमा नयाँ शक्तिबाट समायोजन गरिनेछ भने अन्य प्रदेशमा पनि वरिष्ठताका हिसाबले तीनवटै समूहबाट समायोजन गरिने बताइएको छ ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्